महिनावारी सुकिसकेपछि एस्ट्रोजेन हार्मोन कम हुन्छ। एस्ट्रोजेन हार्मोनको कमीले विभिन्न किसिमको असर देखिन्छ।
महिनावारी सुकिसकेपछि महिलाहरूमा हड्डी खिइने समस्या पुरुषको भन्दा चार गुणाले बढी हुन्छ।
महिनावारी सुकेको २ वर्षमा हड्डीको घनत्व ३ देखि ५ प्रतिशतले घटिसकेको हुन्छ र त्यसपछि प्रत्येक वर्ष १ देखि २ प्रतिशतले घट्छ।
महिनावारी सुकेका महिलाहरूमा हड्डी भाँचिने सम्भावना बढी हुन्छ। ५० वर्ष पार गरेका महिलामा प्रत्येक ७- ८ वर्षमा दोब्बर संख्यामा हड्डी फ्याक्चर भएको तथ्य अध्ययनले देखाएको छ।
८० प्रतिशत कम्मरको फ्याक्चर महिलामा मात्र पाइन्छ। ५५ वर्ष पार गरिसकेका महिलामा यस्तो फ्याक्चर हुने सम्भावना ४० गुणाले बढ्छ।
ढाडको हड्डी फ्याक्चर हुने औसत आयु ७० वर्ष हो भने कम्मर फ्याक्चर हुने औसत आयु ८२ वर्ष हो।

0 comments:
Post a Comment