उक्त अध्ययन हार्टफोर्डसायर विश्वविद्यालयका मनोवैज्ञानिक रिचर्ड वाइजमेनको नेतृत्वमा गरिएको हो । उनीहरूले उपर्युक्त निष्कर्ष निकाल्नुअघि इडिनबर्ग अन्तर्राष्ट्रिय विज्ञान महोत्सवमा एक हजार दम्पतीमाथि सर्वेक्षण गरेका थिए ।
'दम्पतीहरूको सुत्ने अवस्थाबारे गरिएको यो पहिलो सर्वेक्षण हो,' प्रा. वाइजमेनले भनेका छन् ।
उक्त अध्ययनमा उल्लेख भए अनुसार, जो दम्पती आफूहरूबीच एक सेन्टिमिटरभन्दा पनि कम दूरीमा सुत्छन्, उनीहरू अन्य दम्पतीको दाँजोमा बढी खुसी रहन्छन् । करिब ६६ प्रतिशत दम्पती एकअर्काबाट ६६ सेन्टिमिटर टाढा सुत्ने गर्छन् । सुखी दम्पतीहरू आमनेसामने एकअर्कालाई स्पर्श गर्दै सुत्छन् ।
सर्वेक्षण अनुसार, दम्पतीबीच सबैभन्दा प्रचलित सुताइ शैली अलगअलग दिशामा कोल्टो परेर सुत्नु हो । करिब ४१ प्रतिशत दम्पती आपसमा ढाड फर्काएर सुत्ने गर्छन् ।

0 comments:
Post a Comment