Tuesday, December 16, 2014

स्याउको कन्टेनरभित्र २३ किलो सुन , तीन जना पक्राउ

सिन्धुपाल्चोक, पुस १ – लुकाई छिपाई काठमाडौं लैजान लागेको सुन प्रहरीले बरामद गरेको छ । स्याउ बोक्ने कन्टेनरमा खासाबाट काठमाडौं लैजाँदै गरेको अवस्थामा भक्तपुरको जगातेमा प्रहरीले २३ किलो अवैध सुन बरामद गरेको हो ।

जगाती प्रहरीले मध्यराती १२ बजेको समयमा ना ३ ख ५०५८ नम्बरको कन्टेनर भ्यानमा फल्स बटममा प्लाष्टिकभित्र सुन भेटिएको प्रहरीले जनाएको छ । जगाते प्रहरीले कन्टेनर भ्यानको चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जगाते प्रहरीले जाँच नगरि केही भन्न नमिल्ने जानकारी दिएको छ ।  रातोपाटी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment