Sunday, November 23, 2014

जाडोमा नगर्नुहोस् यी गल्तीहरु नत्र अनुहार बिग्रेला...

अनुहारलाई राम्रो र चम्किलो बनाउनका लागि हामी दिनमा दुईदेखि चारपटक अनुहार धुने गर्छौँ, तर के हामीले अनुहारलाई सहि तरिकाले धुन्छौँ अथवा अनुहार धुँदा केहि गल्ती गरिरहेका हुन्छौँ । अनुहार धुनु केहि ठूलो कुरा होइन तर सहि तरिकाले धुनु महत्वपूर्ण हो । धेरै पटक हामी सानो– सानो कुरामा ध्यान दिदैनौँ र हाम्रो गल्ती त्यो नै हुने गर्दछ । आज हामी तपाईंलाई अनुहार सहि तरिकाले धुने टिप्स बताउँदैछौँ ।
१. थुप्रै पटक मुख धुनुः
पटक–पटक मुख धुँदा अनुहार निकै चम्किलो र गोरो हुन्छ भन्ने धेरैजनाले सोच्नुभएको होला तर यो साँचो होइन । यसले तपाईंको अनुहारको सुख्खापन बढ्ने गर्दछ र तपाईंको अनुहारको छाला फुट्न सुरु हुन्छ ।
२. गलत क्लिन्जरको प्रयोग गर्नुः
अनुहारलाई गलत क्लिन्जर अथवा साबुनको प्रयोग गर्नाले यसले छालामा नकारात्मक असर पर्ने गर्दछ । यसले अनुहारको छालालाई राम्रोबाट नराम्रो बनाउने गर्दछ ।
३. धेरै रगड्नुः
अनुहार धुँदा यसलाई धेरै नरगड्नुहोस् । यसले तपाईंको मृत छालालाई निकाल्ने त गर्छ नै तपाईंको कोशिकाहरुलाई पनि खराब गर्ने गर्दछ । जाडोको दिनमा यस्तो कुरामा अझ बढि ध्यान दिनुपर्ने हुन्छ ।
४. मोस्चर गर्न बिर्सनुः
कहिलेकाँही तपाईं धेरै व्यस्त हुँदा आफ्नो छालाको हेरबिचार गर्न बिर्सनुहुन्छ । आफ्नो छालालाई मोस्चर गर्न कहिले पनि नबिर्सनुहोस् । अनुहार धोइसकेपछि तुरुन्त क्रिम अथवा लोसन लगाउनुहोस् । (एजेन्सी)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment