Saturday, November 15, 2014

यसरि थाहा हुन्छ तपाईंलाई कसैले प्रेम गर्छ भने कुरा...

काठमाडौं । कसैले कसैलाई प्रेम गर्छ भन्ने कुरा थाहा पाउन जति सजिलो छ त्यति नै गाह्रो पनि । अझ पुरुषको प्रेममा धेरै महिलालाई विश्वास नहुने हुन्छ ।
पुरुषहरु मोजमस्ती गर्ने, निस्कने, उपायोग गर्ने र छोड्ने पुरुषहरुको बानीका कारण पनि महिलाहरुलाई झस्काउँछ ।
त्यसले पुरुषले साँचो प्रेम गर्छ कि गर्दैन भन्ने कुरा जान्न कठिन हुन्छ । तर, केही मनोवैज्ञानिक कुराले त्यसको संकेत गर्छ ।

कसैले तपाईलाई कुनै बाहानामा स्पर्श गर्न खोज्छ र तपाईलाई देख्दा लजाइरहेको हुन्छ भने उसले तपाईलाई मनमनै माया गरिरहेको हुन्छ । कहिलेकाँही पुरुषहरु महिलाको नक्कल गरिरहेका हुन्छन् । यो माया अभिव्यक्त गर्ने एउटा तरिका हो । तपाई कसैलाई मन पराउनुहुन्छ भने उजस्तै बन्ने कोशिस गर्नुहोस् ।
-मायाँ गर्ने पुरुष तपाईलाई देखेपछि मुसुक्क हाँस्ने गर्छ । कोही महिलालाई माया गर्छ भने त्यसले मिठो मुस्कानको उपहार दिने गर्छ नै । कसैले यसरी तपाईको अगाडि आएर मुस्कान दिन्छ भने बुझ्नुहोला उसको मनभित्र लड्डु फुटिरहेको छ ।
-कुनै पुरुषले तपाईको अगाडि आएपछि घरीघरी कम्बरमा हात राख्छ भने यसको सिधा अर्थ तपाईलाई माया गर्छ भन्ने हुन्छ । ऊ निकै आत्मविश्वासी पनि छ ।
-यदी तपाईसँग कुनै केटाले नजर झुकाएर कुरा गर्छ र कोही पुरुषले तपाईतर्फ टाउको निहुराएर कुरा गर्छ र बोलेको कुरा ध्यानपूर्वक सुनिरहेको छ भने त्यो पुरुषले तपाईलाई मन पराउँछ ।


www.nepalsandesh.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment