Sunday, December 7, 2014

उत्कृष्ठ विमान चालक को को

२१ मङ्सिर, काठमाडौँ ।

अन्तर्राष्ट्रिय नागरिक उडड्यन प्राधिकरण दिवसका अवसरमा आज विमान चालक ज्ञानप्रकाश राई र प्रमोदकुमार लामालाई ‘क्या. प्रभुशरण पाठक पुरस्कार’ प्रदान गरिएको छ ।
क्या. प्रभुशरण पाठक स्मृति कोषबाट स्थापना गरिएको सो पुरस्कार ठूला विमान उडानमा करिब तीन दशक लामो अनुभव हासिल गरेका राई तथा हेलिकप्टर उडानमा २५ वर्षको अनुभव बटुलेका लामालाई प्रदान गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले उनीहरुलाई जनही रु २५÷२५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरे ।
आइतबार आयोजित कार्यक्रममा सचिव श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा पूर्वाधार विकासका लागि सार्वजनिक–निजी साझेदारिताको माध्यमबाट कार्य अघि बढाइने र यसका लागि सबै पक्षको सहयोग आवश्यक भएको बताए ।
मन्त्रालयका सहसचिव सुरेश आचार्य, नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन, क्याप्टेन रामेश्वर थापालगायतले नेपालको आकाश हवाई उडानका लागि सुरक्षित बनाएर अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको साख उँचो राख्नुपर्ने बताए ।
प्रत्येक वर्ष डिसेम्बर ७ मा अन्तर्राष्ट्रिय नागरिक उडड्यन प्राधिकरण दिवस मनाइँदै आएको छ ।
रासस ।
nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment