Monday, December 15, 2014

विश्वमा धेरै आत्महत्या हुने देशमध्ये नेपाल आठौं

दैनिक १३ नेपालीले गर्छन् आत्महत्या
काठमाडौं,मंसिर२९ – विश्वमा धेरै आत्महत्या हुने देशमध्ये नेपाल आठौं स्थानमा परेको छ । नेपालमा औसतमा दैनिक १३ नेपालीले आत्महत्या गर्ने गरेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ । जनसंख्याको अनुपातमा सबैभन्दा धेरै आत्महत्याको घटना गुयनामा भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यसपछि उत्तर कोरिया,दक्षिण कोरिया,श्रीलंका,लिथुआनिया,सुरिनाम,माजाम्बिक,नेपाल र तान्जानिया छन् ।

नेपालमा आत्महत्याका घटना बढ्दै गएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांकअनुसार पाँच वर्षयता आत्महत्याका घटना ५० प्रतिशतले बृद्दि भएका छन् । आव २०६६–६७ मा तीन हजार तीन सय नौ जनाले आत्महत्या गरेका थिए । ०७०–०७१ मा चार हजार पाँच सय चारजनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । प्रहरीका अनुसार विष सेवन गरेर,आगो लगाएर,झुन्डिएर,नदी तथा भीरबाट हाम्फालेर ,करेन्ट लगाएर , डुबेर तथा हातहतियार एवं औजार प्रयोग गरेर आत्महत्याका घटना हुने गरेका छन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment