शुक्रबार प्रहरीको विशेष अप्रेसनमा पक्राउ पर्नेमा १२ भारतीय,५ पाकिस्तानी र २ नेपाली छन् । आतंकवाद र अन्दरदेशीय अपराध हेर्ने प्रहरीको विशेष व्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार दिउँसोबाट राति अबेरसम्म विशेष अप्रेसन सञ्चालन गरी काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । विश्वस्त स्रोतका अनुसार उनीहरु ‘कल्की अवतार फाउन्डेसन’ नामक संस्थाको आवरणमा नेपाल बसेर योजना बनाइरहेको सूचना प्रहरीमा पुगेको थियो । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माले आपराधिक गतिविधिको योजना बुनिरहेको सूचनाका आधारमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको पुष्टी गरे । ‘आपराधिक गतिविधि गराउन सक्ने सूचनाका आधारमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको हो,’शर्माले भने,‘केही अनुसन्धानपछि मुक्त भइसके,केही अनुसन्धानका लागि प्रहरी हिरासतमै छन् ।’ जानकार स्रोतका अनुसार ३ दिनअघि आतंकवादी संगठन अलकायदा सम्बन्धित व्यक्तिहरु धर्मको आवरणमा नेपाल बसेर आतंकवादी आक्रमण योजना बनाइरहेको सूचना प्रहरीले पाएको थियो । आजको नागरिक दैनिकमा केपी ढुंगानाले खबर लेखेका छन् ।www.ratopati.com
Saturday, December 6, 2014
अलकायदाले काठमाडौंलाई निसाना बनाउन लागेको प्रहरी दाबी

0 comments:
Post a Comment