नेपाल टेलिभिजनका अध्यक्ष नीर शाहले पनि तीतो सत्यको प्रशारणमा कर्मचारीबाट रोक लगाइनु गलत भएको स्वीकारेका छन | ‘कुनै पनि कार्यक्रम प्रशारण गर्नुअघि हेरेर छलफल गर्ने परिपाटी हुन्छ तर, विनाकारण रोक्न पाइँदैन ‘शाहले भने -‘जसलाई कार्यक्रम हेर्ने अख्तियारी दिएको छ, उसले हेरेर रोक्न पनि पाउनुपर्छ तर, जसरी तीतो सत्य रोकियो, यो सहज भएन ।’तितो सत्यका निर्देशक दिपकराज गिरीले पनि पहिलेको एपिसोड प्रसारण नभई सुटिंग नगर्ने बताएका छन |
नेपालका नेताको जस्तो सुकै गाली भएको एपिसोड प्रसारण गर्न पनि टेलिभिजनले रोक लगाएको छैन आज सम्म तर मोदीको बारेमा किन प्रसारण गर्न नहुने?क्यारिकेचर गर्दैमा मोदीको अपमान हुने पनि त हैन नि गिरीले भने -नेपालमा मोदीको प्रभाव धेरै पर्न थालेको छ |
nepaljapan.com

0 comments:
Post a Comment