केहि दिनअघि मोदीको नक्कल गरिएको दृश्य टेलिभिजनले पाएपछि यसलाई प्रसारण हुनबाट रोकेको थियो । द इन्डियन एक्सप्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यंग गरिएको भन्दै हास्य टेलिश्रृङखलाको प्रसारणमा रोक लगाइएको लेखेको छ ।कार्यक्रम निर्देशक प्रकाशजंग कार्कीलाई उदृत गर्दै इन्डीयन एक्सप्रेसले भनेको छ ‘भारतीय प्रधानमन्त्रीको नक्कल गरिएको छ तर मोदीको इज्जत जाने खालको कुनै पनि नक्कल गरिएको छैन ।’ भारतीय चर्चित पत्रिका द हिन्दुको अनलाइन संस्करण द हिन्दु डटकम, इडियन एक्सप्रेसलगायत अनलाइनले प्रमुखताका साथ यो समाचार प्रकाशित गरेका छन् । भारतीय टेलिभिजन च्यानल जी न्यूजले पनि तितो सत्य प्रसारणमा लोक लगाइएको विषयलाई स्थान दिएको छ । द हिन्दु दैनिक पत्रिकाको अनलाइन संस्करणमा तितो सत्यको ५५६ औं भाग प्रशारणमा रोक लगाइएको बताइएको छ । जी न्युज टेलिभिजनको अनलाइनसंस्करणले पनि यो विषयलाई स्थान दिएको छ ।‘यो अभिव्यक्ति स्वतन्त्रताविरोधी हर्कत हो’,तितोसत्यका दिपकराज गिरीले जि अनलाईनसाग कुराकानी गर्दै भनेका छन्,‘मोदी आफैं पनि भारतमा उनीमाथि व्यंग गरिएका कार्यक्रम हेर्छन् ,अमेरिकाका राष्ट्रपति बाराक ओवामा पनि उनी माथि व्यंग गरिएका कार्यक्रम हेर्छन् । तर यहा विचित्र भएको छ । हामी मोदीको सम्मान गछौं,अनादर गर्दैनौं ।’ www.ratopati.com
Friday, December 5, 2014
‘तितो सत्य’ को प्रसारण रोकलाई लिएर भारतमा हंगामा

0 comments:
Post a Comment