उनले त्यतिबेलादेखि नै चर्चित ब्रान्डका कपडा लगाएर र्याम्पमा हिँड्न सुरु गरेकी थिइन् । यी बालिकाले आफ्नो एक दशक पनि देखेकी छैनन् तर पनि उनी आफ्नो सुन्दर अनुहारका कारण चर्चित सुपरमोडलमा आफ्नो नाम समावेश गर्न सफल भएकी छिन् । उनी एक ‘चाइल्ड सुपरमोडल’ हुन् । मोडलिङमा संलग्न गिल्केरिया पिमेनोभा, क्रिष्टिनाकी आमा, ले ती नौँ वर्षीया बालिकाको फेसबुक चलाउने गर्दछिन् जहाँ उनको २३ लाखभन्दा बढि फलोअर रहेका छन् । इन्स्टाग्राममा पनि निकै चर्चित भइसकेकी उनको लामो कपाल, सुन्दर अनुहार र लोभलाग्दो आँखाले सबैको ध्यान आकर्षीत गर्न सफल भएको छ ।
क्रिष्टिन आफ्ना फ्यानसमक्ष आफ्नो लामो खुट्टाका कारण पनि चर्चित छिन् । नौँ वर्षको उमेरमा नै क्रिष्टिनलाई उनको खुट्टाका कारण सेक्सी भनिन्छ । उनका पिता रुसलान पिमेनोव रुसी फुटबल टिमका फुटबल खेलाडी थिए । गिल्केरियाका अनुसार उनकी छोरीको तस्बिरमा केहि अभद्र टिप्पणीहरु पनि आउने गर्दछ । यस्ता कमेन्टलाई उनी डिलिट गर्दै बालिकालाई बालिकाको जस्तै व्यवहार गर्न आग्रह गर्छिन् । (एजेन्सी)

0 comments:
Post a Comment