मोरङ, मंसिर २२ - आफनै श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

मोरङको केरौन गाविस ६ का ३४ वर्षीय छत्रबहादुर कटुवालको हत्या गरेको आरोपमा उनकी श्रीमती देउमाया कटुवालसहित झडकेली छोरी झुमा नेपाल, प्रकास भनिने जयबहादुर तिम्सिना, बिष्णुमाया पौडेल, रिता तिम्सिना र सुरज लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रबक्ता डिएसपी प्रभुप्रसाद ढकालले बताए ।
पक्राउ परेकाहरूलाई सोमबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हत्या गरिएका कटुवालकी श्रीमतीले आफना श्रमिानको हत्याको योजना बनाई भारतको काश्मीरमा रहेका दुईजनालाई बोलाएर ५० हजार रुपैयाँमा कुरा मिलाएको र २० हजार एडभान्स दिएको खुलेको प्रहरीले बताएको छ ।
गत मंसिर १३ गते घर नजिकै कटुवालको खुकुरी प्रहार गरी हत्या भएको थियो । ekantipur.com
0 comments:
Post a Comment