मृतकमध्ये १० जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कालिकोटबाट कैलालीको टिकापुरको लागि गुडेको ना४ख ६८५७ नम्बरको बस राजमागएको ४२ किलोमिटर खण्डमा पर्ने सुर्खेतको पोखरीकाँडा-० कालेखोलामा आइतबार साँझ करिब ६ बजे दुर्घटनामा परेको हो ।
३८ सिट भएको बसमा ६८ यात्रु थिए । बस मोडबाट करिब ५ सय मिटर तल खसेको छ ।
बढी यात्रु बोकेको बस ब्रेक नलागेपछि चिप्लिएर तल खसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको सुर्खेत प्रहरी प्रमुख उपरीक्षक राजेशलाल कर्णले बताए ।
दुर्घटनास्थलमै १४ जनाको मृत्यु भएको थियो भने चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुई जनाको नेपालगञ्जस्थित अस्प्तालमा उपचारको क्रममा र दुईको जिल्ला अस्पतालमा उपचारमा मृत्यु भएको हो ।
घाइतेमध्ये २० जनाको सुर्खेत क्षेत्रिय अस्पताल, ६ जनाको माया नर्सिङ होम र ८ जनाको देउकी नर्सिङ होममा उपचार भइरहेको छ ।
मंसिर ४ गते जाजरकोटको सदरमुकाम खलंगाबाट सुर्खेतको राकामतर्फ जादै गरेको बस भेरी नदीमा खस्दा ५२ जनाको मृत्यु भएको थियो ।इकान्तिपुरबाट

0 comments:
Post a Comment