- पिसेको मेहन्दीको पात पानीमा घोलेर नुहाउँदा, घमौरा ठीक हुन्छ।
- स्थानीय गाईको शुद्ध घिउ शरीरमा दल्दा पनि घमौरा कम हुन्छ।
- शरीरमा मुल्तानी माटोको लेप लगाउँदा घमौरालगायत छालाका अन्य समस्यामा फाइदा मिल्छ।
- नरिवलको तेलमा कपुर मिसाएर शरीरमा लगाउँदा पनि घमौराको समस्याबाट छुट्कारा पाइन्छ।
- निमको पात पानीमा उमालेर नुहाउँदा घमौरा कम हुन्छ।
- तुलसीको लेप बनाएर लगाउँदा पनि घमौराबाट राहत पाइन्छ।
- मकेको पीठो दल्दा घमोरा कम भएर जान्छ।
स्रोतः कान्तिपुर साप्ताहिक

0 comments:
Post a Comment