अन्तराष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा, सहयोगका लागि राष्ट्रसंघको अपिल
पश्चिम अफ्रिकामा फैलिरहेको घातक इबोला भाइरसका कारण विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा गरेको छ । भाइरसको संक्रमण तथा फैलावट रोक्नका लागि अन्तराष्ट्रिय सहकार्य तथा प्रतिकार्य आवश्यक रहेको भन्दै डब्लुएचओले संकटकाल घोषणा गरेको हो ।स्विजरल्याण्डमा बसेको दुइ दिने आकस्मिक बैठकमा विज्ञहरुको सुझाव बमोजिम संगठनले यस्तो घोषणा गरेको हो । पश्चिम अफ्रिकामा फैलिरहेको इबोला भाइरसका कारण यो वर्ष ९ सय ३० जनाले ज्यान गुमाइसकेका छन् । गुइना, लाइबेरिया, नाइजेरिया तथा सियरा लिओन जस्ता देशमा गरि झण्डै १७ सय थप इबोला संक्रमित रोगीहरु पाइएका छन् ।
राष्ट्रसंघले इबोला भाइरसको महामारीलाई असाधारण घटना भनेको छ । भाइरसको बढ्दो जोखिम तथा क्षमताका कारण इबोलाको अन्य क्षेत्रमा हुने फैलावटबाट निकै गम्भीर परिणाम निस्कने सम्भावना रहेको डब्लुएचओले जनाएको छ । संगठनकी प्रमुख डाक्टर मार्गरेट चानले पछिल्लो ४ दशककै सबैभन्दा जटिल इबोल महामारीबाट प्रभावित देशलाई सहयोग गर्नका लागि अन्तराष्ट्रिय समुदायसँग अपिल गरेकी छिन् । समाचार सभारः बीबीसी

0 comments:
Post a Comment