बिहिबार राती आठ बजेको यो घटनामा विष्फोटको आवाजसहित ट्यांकी पड्कीएको थियो। पहुना आएका नुवाकोट खरानीटारकी रमा सुनार, पर्सा बुधनगरकी उषा दर्लामीसँगै मैतबत्ति बालेर ज्ञानु ट्यांकीको पानी हेर्न पुगेकी थिईन्।
मैनबत्ती बालेर हेर्दा एकैपटक विष्फोट सहित आगो बलेर ज्ञानु घाईते भएकी थिईन्। अचेत भएकी ज्ञानु ट्यांकीमै खसेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
घटनास्थलमा सिमेन्टको ढलान सहित फुटेको थियो भने घरको गारो समेत चर्किएको जानकारी महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी पवन गिरीले दिए।ज्ञानुको पाटन अस्पताल उपचारकै क्रममा नौ बजे ज्यान गएको थियो। घाईते रमा र उषा भने सामान्य उपचार पछि घर फर्किएका छन्। पति राम बिक नागरिकता बनाउन घर गएको समयमा यो घटना भएको हो।
डिएसपी गिरीले अण्डरग्राउण्ड ट्यांकीभित्र भरिएको कार्बनमनोअक्साईड ग्यासमा मैतबत्तीको आगो सल्केपछि घटना भएको आशंका गरेका छन्। 'हामीले विज्ञ लगाएर हेर्दैछौं, घटनाबारे थप अनुसन्धान भईरहेको छ, उनले भने। annapurna post

0 comments:
Post a Comment