मानव निर्मित सो नदिमा चिनको दोस्रो ठूलो एलो रिभरबाट साढे नौ अर्ब क्युविक मिटर पानी सप्लाई गरिने बताइएको छ । मानव निर्मित नदिको लम्बाई एक हजार चार सय किलोमिटर रहेको छ । चिनको हेनान प्रान्तबाट बेइजिङ लगायतका अन्य ठाँउहरुमा यो नदी पुर्याइएको हो । सरकारी सुत्रका अनुसार पानिको पहिलो बहाव राजधानी बेइजिङ पुग्न १५ दिन लाग्ने अपेक्षा गरिएको छ । सो आयोजना अन्तर्गत करिब तीन सय मिलियन मानिस समक्ष पानी सप्लाई गरिने बताइएको छ ।
झन्डै ३३ अर्ब डलर लगानी गरिएको सो परियोजना निर्माणका लागि ११ वर्ष लागेको थियो । सो नदि निर्माणका लागि एक लाख तीस हजार मानिस खटिएका थिए । गत वर्ष परियोजनाको पूर्वी रुट १४ सय वर्ष पुरानो ग्राण्ड क्यानलबाट दक्षिणको यांगटिज देखि स्याङडङ प्रान्तसम्म पानी सप्लाई गरिएको थियो ।
चिनियाँ सरकारका अनुसार चिनको दक्षिणी सहरमा पानीको अभाव पुरा गर्न तीन वटा रुट बनाउनु पर्ने र त्यसका लागि ८१ अर्ब डलर खर्चहुने अनुमान गरिएको छ । चिनिया नागरिकले भोग्दै आएको पानीको अभावलाई पुरा गर्न कम्युनिष्ट पार्टिका पूर्व नेता माओ जेन्डोङले सन १९५० मा परिकल्पना गरिएको यो योजनामा तीन सय मिलियन चिनिया नागरिकलाई पानी वितरणको लक्ष्य राखिएको थियो ।www.ratopati.com

0 comments:
Post a Comment