उनको टि्वटप्रति प्रयोगकर्ताले विरोध गरेको वा टि्वटरको नियम उल्लंघन भएको के कारणले गर्दा अकाउण्ट निलम्बन गरिएको हो , त्यसबारेमा भने टि्वटरले केही खुलाएको छैन । पाकिस्तानमा बस्दै आएका उनले हालैको टि्वटमार्फत भारत विरुद्धको विनाशकारी अन्तिम युद्ध अवश्यंभावी रहेको भन्दै कास्मीर स्वतन्त्र हुने, सन् १९७१ को बदला लिने र गुजरात र अहमदाबादका पीडितले न्याय पाउने उल्लेख गरेका थिए । उनले गएको सेप्टेम्बरमा जम्मु कास्मिरमा आएको बाढिमा समेत भारत दोषी भएको बताएका छन् ।
उनले आफैले हस्तक्षेप गरेको कास्मिरमा समेत मोदी सरकारले हेरचाह गर्न नसकेको भन्दै आजाद कास्मिर कसरी सक्छ ? भनेर समेत प्रश्न गरेका थिए । भारतले पाकिस्तान विरुद्ध आक्रमण गर्न पानीको प्रयोग गरेको र भारतको पानी आक्रमणको विषयलाई राष्ट्रसंघको सुरक्षा परिषदमा लैजानुपर्ने बताएका थिए । स्मरण रहोस् सइदलाई सन् २०१२ मै अमेरिकाले मस्ट वान्टेड आतंककारीको सूचि राख्दै उनी रहेको ठाउँको सूचना दिने मानिसलाई १ करोड डलर पुरस्कार दिने घोषणा गरेको थियो । अनलाइन खबर

0 comments:
Post a Comment