Thursday, December 4, 2014

आफ्नो योनी आकारको डुंगा चलाउने कलाकार पक्राउ

जापान । जापानकी एक कलाकार आफ्नो योनीको आकारमा बनाएको डुंगा चलाउँदा पक्राउ परेकी छन् । बुधबार प्रहरीले रोकुडे नासिको नामकी कलाकारलाई सेन्सरसीप नाघेको आरोपमा पक्राउ गरेको हो ।
आफ्नो योनीको चित्र बनाएर पनडुब्बी (कायकिङ) मा सयर गर्दै गरेकी नासिकोलाई गत जुलाईमा कायक निर्माणको सहयोगको नाममा ‘अनलाइन पे’ गर्न गुप्ताङगको प्रयोग गरेको आरोपमा पक्राउ परेकी थिइन् ।
समर्थकहरुको दबाबका कारण उनीलाई प्रहरीले छोड्न बाध्य भएको थियो ।
थ्रीडी पिक्चरको माध्यमबाट योनीको चित्र भएको पनडुब्बी चलाएर हजारौ मानिसलाई प्रभावित पारेको आरोपमा पक्राउ गरिएको प्रहरी प्रवक्ताले जनाएका छन् ।
जापानमा ‘सेक्स टोए’ को व्यापार ठूलो रहेको छ । तर कानुन मिचेर बनाएका त्यस्ता सेक्स टोएमा सेन्सरसिप लगाउनु पर्ने प्रहरीले जनाएका छन् ।
पछिल्लोसमय जापानमा ‘प्रोनोग्राफी’ अत्यधिक फैलिएको मानिसको यौन चाहना र स्वाद पनि फेरिरेहेको अध्ययनले देखाएको छ । तसर्थ तस्वीर र भिडियोमा सेन्सरसीप लगाउनु पर्ने बाध्यता हुदै गएको प्रहरीको भनाइ रहेको छ ।
यदि कलाकार नासिकोले गरेको क्रियाकलाप कानुनी रुपमा अवैध पुष्टि भयो भने उनलाई २ वर्ष जेल र २५ लाख जापानी येन जरिवाना लाग्ने प्रहरीले बताएको छ ।
मैले गरेका कुनैपनि क्रियाकलाप कानुनको बर्खिलाप हुने गरी नगरेको नासिकोले दाबी गरेकी छन् ।
www.nepalsandesh.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment