यस्तै, फस्ट रनरअपको उपाधी हंगेरकी इडिना कुल्सार र सेकेन्ड रनरअप अमेरिकाकी एलिजावेथ साफ्रिटले जितेका छन् ।
विश्व सुन्दरीको अन्तिम ५ मा हंगेरी, अष्ट्रेलिया, साउथ अफ्रिका, अमेरिका र बेलायतका प्रतिस्पर्धी सुन्दरीहरु पुगेका थिए । नेपालबाट प्रतिस्पर्धामा भाग लिन पुगेकी मिस नेपाल सुबिन लिम्बु पहिलो चरणबाट नै बाहिरिएकी छिन् । सन् १९५१ पछि दोश्रो पटक मिस वल्र्ड लण्डनमा भएको हो । दोश्रो चरणमा २५ जना सुन्दरीहरु पुगेका थिए ।
मिस वल्र्डको स्टेजमा पूर्व विश्व सुन्दरी बलिउड नायिका ऐश्वर्या राय पति अभिषेक बच्चन र छोरी आराध्याको साथमा पुगेकी थिइन् । उनले विश्व सुन्दरी प्रतियोगिता जितेर आफूलाई धेरै उपलब्धी हासिल भएको बताइन् ।
www.onlinekhabar.com

0 comments:
Post a Comment