Friday, December 12, 2014

आज प्रचण्डको जन्मदिन

काठमाडौं, मंसीर  २६– एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट ५९ वर्ष पूरा गरि ६० वर्षमा प्रबेश गरेका छन् । २०११ साल मंसीर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविसमा जन्मिएका प्रचण्ड यतिबेला नेपाली राजनितिको केन्द्रमा छन् ।

०५२ सालबाट ०६२ सम्म जनयुद्धको सशक्त नेतृत्व गरेका प्रचण्डले आम नेपालीको राजनितिक चेतना जागृत गराउन अतुलनीय भूमिका निर्वाहा गरेका छन् भने गणतन्त्र प्राप्तीको आन्दोलनमा उनलाई एक जननायकको रुपमा लिइन्छ । उनलाई जन्मदिनको हाम्रो पनि शुभकामना !

प्रचण्डको जीवनचित्र
२०२६ सालमा एसएलसी
२०३० सालमा आइएस्सी पाटन संयुक्त क्याम्पस
२०३३ सालमा बीएस्सी एजी कृषी तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवन
२०३३ सालदेखि २०३५ सालसम्म गोरखा आरुघाटमा अध्यापन
२०३८ सालमा नेकपामा प्रवेश
२०३५ सालदेखि पूर्णकालीन तथा भूमिगत जीवन प्रारम्भ
२०४६ महामन्त्री नेकपा (मशाल)
२०४८ महामन्त्री नेकपा (एकता-केन्द्र)
२०५१ महामन्त्री नेकपा (माओवादी)
२०५७ अध्यक्ष, नेकपा (माओवादी)
२०६३ आम जनतासमक्ष सार्वजनिक - ratopati bata

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment