Sunday, December 7, 2014

किन गए बाराक ओबामा अस्पताल ?

२१ मंसिर, काठमाडौं । लगातार घाँटी दुखेपछि अमेरिकी राष्ट्रपति बाराक ओबामा अस्पताल गएका छन् ।
हृवाइट हाउसमा नै मेडिकल टिम हुन्छ तर, ओबामा अस्पताल नै जानु परेपछि उनका डाक्टरले वक्तव्य निकालेर स्वास्थ्यबारे जानकारी गराएका छन् ।

ओबामाका डाक्टरले बताए अनुसार राष्ट्रपतिको पछिल्लो केही सातादेखि घाँटी दुखेको थियो । शनिबार ओबामाले फाइबर टेष्ट गरेका छन् भने सिटी स्क्यान पनि भएको छ ।

ओबामाका डाक्टर रोनी एल ज्याक्सनका अनुसार फाइबल अप्टिक टेष्टको प्रारम्भीक रिपोर्ट अनुसार राष्ट्रपतिको घाँटीको पछिल्लो भाग केही सुन्निएको थियो । थप जाँचका लागि सामान्य सिटी स्क्यान पनि गरिएको छ । ओबामाको सिटी स्क्यान बाल्टर रिड आर्मी अस्पतालमा भएको थियो ।

रिपोर्ट समान्य आएपछि ओबामाको एसिड रिफ्लक्सको उपचार भइरहेको छ ।
एसिड रिफ्लक्सको समस्या हुँदा पेटमा बनेको अम्ल घाँटीसम्म आउँछ र यो एक आम समस्या हो । यसलाई गम्भीर रोगका रुपमा लिइँदैन । onlinekhabar

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment