Monday, December 8, 2014

बाबुरामले भने,‘हिन्दु धर्ममा कट्टरता छैन’

काठमाडौं,मंसिर २३ – पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराई गत सातादेखि बेग्लै चर्चामा छन् – हिन्दु धार्मिक अनुष्ठानमा एकपछि अर्को गर्दै सहभागिता र आयोजनालाई लिएर। मंसिर १८ गते झापाको कृष्णमन्दिरमा आयोजित भट्टराई वंशको कुलपूजामा सहभागी भएर आएलगत्तै उनी पिता भोजप्रसाद भट्टराईको ८४ पूजाको आयोजक बनेर गोरखाको पुख्र्यौली थलोमा पुगेका थिए।
जनयुद्धकालमा माओवादी कार्यकर्ताले किरिया बसेका व्यक्तिहरूलाई समेत सुराकीको आरोपमा आक्रमण गरेकाले धेरैको बुझाइमा एमाओवादी नेता धार्मिक आस्थाका दुस्मन हुन् भन्ने छ। तर भट्टराईले बिल्कुल फरक धारणा व्यक्त गरेका छन्, विशेषतः हिन्दु धर्मबारे। उनी भन्छन्, ‘हिन्दु धर्ममा कट्टरता छैन। मेरो धर्ममा आस्था छैन, ब्रह्माण्डको उत्पत्तिबारेको विज्ञानलाई मान्छु तर पनि धर्ममा अस्था राख्नेहरूप्रति मेरो अनास्था छैन।’ उसो भए माक्र्सले भनेजस्तो तपाईंका लागि धर्म अफिम होइन त ?’उनले भने, ‘माक्र्सले पनि स्वार्थी शासकले धर्मलाई देखाएर जनतालाई लठ्याई कजाउन खोजेको अर्थमा अफिमको सन्दर्भ आएको हो।
सबै धर्म अफिम होइन र म धर्मलाई अफिम हो भन्ने आवश्यकता पनि ठान्दिनँ।’ उनले धार्मिक व्यक्तिहरूबीच सम्मान भाव दर्शाउँदै स्पष्ट पारे, ‘व्यक्तिगत आस्था राख्नेको विरोध गर्नुपर्ने आचरण म चाहन्नँ, तर धर्मलाई अरूको शोषणको माध्यम बनाउनुचाहिँ हुन्न।’ नेपालमा ठूलो संख्या (८० प्रतिशत) हिन्दु धर्ममा आस्था राख्छन् भन्ने यथार्थ बुझेको उनले बताए। ‘ठूलो संख्याले हिन्दु धर्म मान्छन् भने मान्न दिनुपर्छ र संस्कृतिको जगेर्नाको अर्थमा यहाँका मठमन्दिरको समेत संरक्षण गर्नुपर्छ’, उनले भने, ‘अन्य धर्मजस्तै बौद्ध, हिन्दु, किराँतजस्ता प्राकृतिक धर्म मान्ने जनजातिको आस्थालाई पनि सम्मान गर्नुपर्छ।’ शान्तिप्रक्रियामा आएयता विशेषतः यो वर्ष उनको धार्मिक कार्यक्रमहरूमा सक्रियता देखिएको छ। कात्तिकमा छठपर्वका उपलक्ष्यमा आयोजित कार्यक्रमका उनी पत्नीसहित रानीपोखरी पुगेका थिए भने यसै साल वैशाखमा पितालाई कैलाश मानसरोवरको यात्रा गराउन उनी छोरी र पत्नीसहित पुगेका थिए। पिताको ८४ पूजाको अनुष्ठानमा बस्दा उनलाई केही अस्वाभाविक पनि लागेछ। तर जेठो छोरो भएको नाताले बस्नुपर्दा उनलाई कुनै पछुतो छैन। ‘केही अस्वाभाविक भो तर नगर्न पनि भएन, म जेठो छोरो, फेरि ८४ बर्ष बाँच्ने जीवनको खुसीको कुरा’, उनले भने, ‘मेरो बुबा साक्षरमात्रै हो, आमा त निरक्षर हुनुहुन्थ्यो।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । www.ratopati.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment