Saturday, December 13, 2014

हिन्दू राष्ट्रको विरोध गर्नेको हात काट्ने खुमबहादुरको धम्की

झापा, २७ मंसिर  काँगे्रेस नेता एवम् हिन्दू राष्ट्र अभियानका संयोजक काँग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले हिन्दू राष्ट्रको विरोध गर्नेको हात काट्ने धम्की दिएका छन् ।
झापाको दमकमा शनिबार भएको कार्यक्रममा हिन्दू राष्ट्र अभियानको उदघाटन गर्दै खड्काले हिन्दू राष्ट्रको विरोध गर्नेको हात टुक्राटुक्रा पारिदिने बताएका हुन् । उनले हिन्दू राष्ट्र अभियानमा संलग्नमाथि आक्रमण भए त्यसको सामना गर्ने हैसियत आफूहरुसँग रहेको उल्लेख गरे ।
खड्काले निर्धक्क भएर आफ्नो अभियानमा लाग्न सर्वसाधारणलाई आग्रह पनि गरे ।

उनले ९० प्रतिशतभन्दा बढी हिन्दू रहेको मुलुकलाई विदेशबाट आएको डलरको प्रभावमा परेर धर्मनिरपेक्ष घोषणा गरिएको आरोप लगाए । काँग्रेस नेतृत्व माओवादीको पिछलग्गु भएको उनको आरोप थियो ।
उनले पहिलो संविधानसभाले गरेको उक्त गल्ती दोश्रो संविधानसभाले सच्याउनुपर्ने जिकिर गरे ।
खड्काले १२ बुँदे समझदारी गरेर दलहरुले गम्भीर गल्ती भएको बताए । १२ बुँदे समझदारी भएदेखि नै आफ्नो गिरिजाप्रसाद कोइरालासँग विवाद सुरु भएको उनको भनाइ थियो ।
kathmandutodayबाट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment