यो अस्पताल भित्र मैले बन्दी जीवन बिताइरहेको छु । कसैलाई भेट्न पनि दिँदैनन् । मेरो भान्जा, बहिनीको छोरो र भाइ भेट्न आएका थिए रे । उनीहरुले समेत भेट्न नपाई फर्किएछन् । ठूलो छोरा कहाँ छ पत्तो छैन ।
छोरीकी साथी एउटी नानी थिइन् । ती नानी बेलाबेला आइरहन्थिन् । मेरो कपाल कोरिदिने, तेल लगाइदिने, लुगा कपडा फेराइदिने गर्थिन् ? उनलाई पनि भेट्न आउन दिएको छैन । बा बितेपछि केही दिन मानव अधिकारकर्मी र सरकारका मान्छटेहरु आएर जोर जबर्जस्ती अनशन तोडाए । त्यसपछि भेट्न आउने मान्छे पनि कम भए, आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments:
Post a Comment