आज बिहान काठमाण्डौको भद्रकाली मन्दिरमा चलचित्रको शुभसाइत गरिएको छ । दिलासा क्रियशनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा संचारकर्मी लक्ष्मण सुवेदीको कथा छ । अमर ओलीले निर्देशन गर्न लागेको चलचित्रमा दिनेश पाठक र विजय सापकाटोको लगानी छ ।
विरेन्द्र भट्टकोे छायांकन, सानुकुमार महर्जनको एक्सन, विकास चौधरी र गणेश चौधरीको संगीत रहने चलचित्रको छायांकन काठमाण्डौ, चितवन र नवलपरासीमा हुनेछ । चलचित्रमा किशोर खतिवडा, संचिता लुइटेल, सुशिल पोख्रेल, रश्मी भट्ट, ऋचा थापा लगायतका कलाकारले अभिनय गर्नेछन् ।
कमेडी, एक्सन, लभस्टोरी कथा भन्ने चलचित्रको छायांकन भोलीबाट सुरु हुने शुभसाइत समारोहमा जानकारी गराइयो । निर्देशक अमर ओलीले यसअघि ‘धर्तीपुत्र’ र ‘वे टु इन्जुरी’ निर्देशन गरेका थिए ।
www.onlinekhabar.com

0 comments:
Post a Comment