प्रहरीले सिके राउतको आमसभाको समाचार संकलन गर्न गएका पत्रकार वीपी साहलाई पनि पक्राउ गरेको छ । नेपालबाट मधेसलाई अलग गर्नुपर्ने अभियान चलाएको आरोपमा राज्य विप्लवको मुद्दा खेपिरहेका राउत विशेष अदालतमा ५० हजार रुपैया धरौटी बुझाएर मंसिर ८ गते रिहा भएका थिए ।
उनले आफ्नो रिहाइपछि सार्क सम्मेलन उदघाटन समारोह भइरहेको राष्ट्रिय सभागृह पछाडि खुलामञ्चमा आमसभा गर्ने तयारी गरेका थिए ।
आमसभाको तयारी गरिरहेका बेला २५ जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरी हिरासतमा रहेका पत्रकार बीपी साहले बताए ।
सार्क सुरक्षाका कारण अति संवेदनशील क्षेत्र मानिएको ठाउँमा आमसभा गर्न खोज्दा केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीे जनाएको छ ।onlinekhabar.com

0 comments:
Post a Comment