भारतबाट नेपालका लागि फोन गर्दा लाग्ने शुल्कमा ३५ प्रतिशत रकम कम गर्ने प्रतिवद्धता जनाउँदै नेपाल टेलिकमले पनि शुल्क घटाउनुपर्ने उनले बताए । दुई देशले नै टेलिफोनको दरमा कटौती गरे राम्रो हुने धारणा उनको थियो । त्यसै गरी मोवाइल स्वाइल टेस्ट भ्यान पनि दिने घोषणा पनि गरेका छन् । कृषि क्षेत्रमा मोटोको गुणस्तर मापण गर्न प्रविधि जडित सो भ्यान नेपाल सरकारलाई दिने घोषणा गरका छन् । त्यस्तै चार महिनाअघि नेपालमा भ्रमणमा आएका मोदीले १० हजार करोड रुपैयाँ सहयोग दिने घोषणा गरका थिए त्यसको पनि यही बेला हस्ताक्षर गर्ने पनि बताए । त्यसैगरि आजै नै सेनालाई हेलिकप्टर पनि सहयोग गरेका छन् । टुँडिखेलमा एक कार्यक्रमबीच उनले हेलिकप्टर हस्तान्तरण गरेका छन् । उक्त हेलिकप्टरको मूल्य ६२ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । यसको साथै उनले यसअघि प्रतिबन्धित रहेको ५०० र १००० को भारतीय रुपैयाँ रु २५ हजारसम्म बोकेर सीमावारपार गर्न सकिने पनि बताए । मोदीले अब हुने विद्युत सम्झौताले नेपाल चाँडै उज्यालो हुने आशा व्यक्त गरेका थिए । त्यसको साथै, आजैदेखि काठमाडौं–दिल्ली बस सेवा पनि मोदीले उद्घाटन गर्नेछन् । उनले बस वाईफाइयुक्त हुने बताएका छन् । www.ratopati.com
Tuesday, November 25, 2014
के के दिए मोदीले नेपाललाई ?

0 comments:
Post a Comment