Tuesday, November 25, 2014

सानियाले भनिन्- सलमानलाई पति बनाउन चाहन्छु

एजेन्सी ।
भारतीय टेनिस स्टार सानिया मिर्जाले ब्यक्त गरेको इच्छाले यतिबेला बलिउड गर्माएको छ । पाकिस्तानी क्रिकेटरसँग विवाह गरेकी सानियाले सलमानलाई रियल लाइफमा नभएर रिल लाइफमा पति बनाउन चाहेकी हुन् ।

एक कार्यक्रममा तपाइँको विषयमा फिल्म बन्यो भने कसलाई पति बनाउन चाहनु हुन्छ भन्दा उनले आफूलाई सबै भन्दा उत्तम पति सलमान लाग्ने बताइन् ।

आफ्नो पतिको भूमिका सलमानले गर्नु पर्ने उनको भनाइ छ । अभिनेत्रीकोरुपमा भने दिपिका पादुकोणले आफ्नो रोल खेल्न सक्ने उनको भनाइ छ ।

सानियाको विषयमा फिल्म बन्ने चर्चा छ ।
nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment