Friday, November 28, 2014

कतारबाट ११९ नेपाली फर्काइने

कतार । नेपाल सरकारले तोकेभन्दा कम तलब दिई काममा लगाएको भन्दैं हड्तालमा उत्रिकामध्ये १ सय १९ नेपाली कामदारलाई स्वदेश फर्काइने भएको छ ।
फ्रिल्यान्स ट्रेडिङ एण्ड कन्स्ट्रक्टिङ र कतार मिडिलिष्ट कम्पनीमा रहेका ६ सय नेपाली कामदार काम बन्द गरी हड्तालमा उत्रिएका थिए ।
कम्पनीले नेपाल सरकारले तोकेको तलब दिन नसक्ने भएपछि १ सय १९ जनालाई स्वदेश पठाउन लागिएको. हो ।
सरकारले २ वर्षअघिखदेखि नै ९ सय तलब र ३ सय खाना गरी १२ सय रियाल तोकेको थियो । ती कम्पनीमा कामदारले ६ सय रियाल मात्र पाउदै आएका छन् ।
कम्पनीले कामदारले मागे बमोजिम तलब दिन नसक्ने बताएको छ । आजको कान्तिपुरमासमाचार छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment