Thursday, August 7, 2014

के अश्लिलचित्र तथा भिडियो हेर्नुहुन्छ?

अश्लिलचित्र तथा भिडियो हेर्नेहरूको मष्तिष्क खुम्चिने एक अध्ययनले देखाएको छ । अश्लिल चित्र तथा भिडियो हेर्ने बानी र त्यसले पार्ने सम्भावित असरबारे अनुसन्धानकर्ताहरुले पत्ता लगाएको यो पहिलोपटक हो ।

 अधिक समय पोर्नोग्राफी हेर्ने मानिसको मष्तिष्क जन्मैदेखि विशेष प्रकारको हुने पनि अनुसन्धानकर्ताको भनाई छ । बर्लिनको म्याक्स प्लाङक इन्सिच्युटका मुख्य अनुसन्धानकर्ता डा. सिमोन कुनले अश्लिलता र मष्तिष्कको आकार घट्ने विषयबीचको संबन्धबारे पत्ता लागेको पहिलोपटक भएको बताइन् । यद्यपि यसको आधिकारिक पुष्टि अहिलेसम्म भइसकेको छैन ।

अर्कोतिर अधिकारवादीहरुले अमेरिकामा गम्भीर रुपमा ‘पोर्नोग्राफीमहामारी’ फैंलिरहेको भन्दै यसलाई धूमपान, मध्यपान तथा ड्राइभिङजस्तै रुपमा व्यवहार गरी नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

मोरालिटी इन मेडिया संस्थाका कार्यकारी निर्देशक डन हकिङ्सले अन्य प्रमुख स्वास्थ्य समस्याजस्तै पोर्नोग्राफीसंग पनि सामना गर्नुपर्ने बताए । उनले पोर्नोग्राफीले मानसिक रुपमा क्षति पु¥याइरहेको पनि बताएका छन् । अमेरिकामा अश्लिल भिडियो तथा चित्र राख्ने पोर्न साइटमा अमाजोन, ट्वीटर तथा नेटफ्लिक्स गरी तीनवटामा जति संयुक्त भिजिटरभन्दा बढी भिजिटर हुने गर्छन् ।

इन्टरनेटमा अहिले ४२ लाख पोर्न वेबसाइट छन् । च्यारिटी युनिभर्सिटीकी डा. सिमोन कुनले आफ्नी सहकर्मी जुर्गेन गालियान्टसंग मिलेर २१ देखि ४५ वर्षबीचका ६४ जना स्वस्थ मानिससंग उनीहरुको अश्लिल भिडियो तथा चित्र हेर्ने बानीका बारेमा प्रश्न सोधेका थिए । अनुसन्धानकर्ताले ती मानिसको मष्तिष्कको नाप पनि लिएका थिए ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment