यस्ता प्रशाधन समय समयमा लगाइरहनु पर्छ । यसले छालालाई सुख्खापनबाट बँचाएर कोमल र मुलायम राख्छ । चिसो पानीमा काम गरेपछि यस्ता चिजको प्रयोग गरेमा हात खुट्टा फुट्ने समस्याबाट छुटकारा पाइन्छ ।
यसले हाम्रो छालालाई स्वस्थ र आकर्षक देखाउन मद्दत गर्छ । त्यस्तै छालाको सुरक्षाकालागि साबुनको प्रयोग कम गर्नु पनि राम्रो मानिन्छ । साबुनको प्रयोगले छाला सुख्खा हुने, चाउरी पर्ने तथा फुट्ने हुन्छ । साबुनको सट्टा फेसवास, बडिवास, स्याम्पो र सावर जेल उपयुक्त हुन्छ ।
ओठको छाला ज्यादै पातलो, नरम र संवेदनशील हुने हँुदा जाडो मौसममा फुटिरहेको हुन्छ । यसबाट छुटकारा पाउन मुलायम पार्ने लिपक्रिमको प्रयोग गर्नुपर्छ ।
विज्ञहरूका अनुसार नुहाएको दुई÷तीन मिनेटपछि मोश्चराइजर लगाउनुपर्छ । त्यसलै नुहाउनु अगाडि कपालको सुन्दरताकालागि तेलले मालिस गरे झैं नुहाएपछि बडिआयल लगाउन भुल्नु हँुदैन । यसले हाम्रो छालालाई मुलायम र आर्कषक राख्न मद्दत गर्छ । मानिसको सुन्दरता झल्काउने छालाकोे उचित स्याहार र हेरचाहमा लापरवाही गर्नु हुँदैन । स्वास्थ्य खबर पत्रिकाबाट


0 comments:
Post a Comment