Saturday, August 9, 2014

काँखमा राखेर ल्यापटप चलाउँनु हुन्छ? नपुंसक भइएला नि

यदी तपाई ल्यापटपको प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो काँखमा राखेर ल्यापटप नचलाउनु होस् । कि त टेवलमा राखेर मात्रै ल्यापटप चलाउनुहोस् कि त अन्यन्त्रै राखेर मात्रै ।

काँखमा राखेर ल्यापटप चलाउँदा तपाईंको शुक्राणुमा असर पर्नसक्ने देखिएको छ । डेलिमेलको रिपोर्ट अनुसार बेलायतका एक व्यक्ति लामो समयसम्म पिता बन्ने प्रयास गर्दा पनि असफल भए । जब उनले चिकित्सकलाई त्यस विषयमा जानकारी गराए तब चिकित्सकले काँखमा राखेर ल्यापटप चलाउने उनको बानीले शुक्राणुको नष्ट गरिदिएको बताए ।

पेशाले इलेक्ट्रिसियन रहेका ३० वर्षीय स्कट रिड नामक व्यक्तिले आफ्नी पत्नीलाई गर्भाधारण गराउन धेरै हण्डर खेप्नु प¥यो । जब उनले चिकित्सकसँग त्यस समस्याका विषयमा परामर्श गरे, त्यसपछि रिडले काँखमा राखेर ल्यापटप चलाउन बन्द गरे । जसको ३ महिनापछि नै उनकी पत्नी लौरा गर्भवती भइन् । स्रोतका अनुसार रिड राति घन्टौंसम्म काँखमा राखेर ल्यापटप चलाउने गरेको उनकी पत्नीले बताएको दाबी गरिएको छ ।

त्यस घटनापछि रिडको धेरैथरि परिक्षण भयो, जसबाट पत्ता लाग्यो कि रिडको शुक्राणुले काम गर्न सकिरहेको थिएन । स्थानीय क्वीन एलेक्जेन्ड्रा अस्पतालका चिकित्सक सू केनवर्थीले ल्यापटपको तापक्रमले शुक्राणुमा असर पर्ने कुराको पुष्टी गरेको स्रोतले दाबी गरेको छ ।Daily Mail

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment